अँध्यारोको काम खोलाको गीत
अर्थात् “बेसुरको काम गराइ”
अँध्यारोमा तीर हान्नु
अर्थात् “अन्दाजी काम गर्नु”
अकबरे सुनलाई कसी लाउनुपर्दैन
अर्थात् “राम्रो वस्तुको परीक्षण गरिराख्नु पर्दैन”
अगुल्टोले हानेको कुकुर, बिजुली चम्किँदा तर्सिन्छ
अर्थात् “परेपछि चेत्नु”
अल्छे तिघ्रो स्वादे जिब्रो
अर्थात् “जाँगर नहुनेले मिठो खान खोज्नु”
अल्पज्ञान खतरामा ज्यान
अर्थात् “अल्पविद्या कुनै कामको हुँदैन”
आँखा चिम्लेर माछा मार्नु
अर्थात् “सोचविचार नगरी काम गर्दा भाग्यमै भर पर्नु”
आए आँप गए झटारो
अर्थात् “भए राम्रो, नभए पनि ठिकै छ ।”
आकासको फल, आँखा तरी मर
अर्थात् “अरुको उन्नति देखेर डाह गर्नु”
आगलागी झुपडी डेढ घडी भद्रा
अर्थात् “समयमा निर्णय लिन नसकेर काम बिग्रिनु”
आगो तापेर खरानी कोट्याउनु
अर्थात् “काम सकिएपछि अनावश्यक कुरा निकालेर झन्झट बढाउनु”
आज मर्छ भोलि ओखति
अर्थात् “काम बिग्रिएपछि उपाय भेटिनु”
आधा गाग्री छल्किन्छ, भरी गाग्री टल्पिन्छ
अर्थात् “नहुने नजान्नेले बढी फूर्ति लगाउनु”
आफ्नै ढुङ्गा खुट्टामा हान्नु
अर्थात् “आफ्नै गल्तीले दुःख पाउनु अथवा आत्मघाती निर्णय गर्नु”
आफूले पालेको कुकुरले, आफैलाई टोक्छ
अर्थात् “आफ्नो आश्रयमा रहेको मान्छेबाट पनि दुश्मनी वा धोका हुनसक्छ”
आयो गयो माया मोह, आएन गएन को हो को हो
अर्थात् “भेटघाटले सामिप्यता ल्याउँछ”
आलु खाएर पेडाको धाक
अर्थात् “योग्यताभन्दा बढी कुरा”
आसलाग्दो केटो जेठाजु पर्यो
अथवा, जुन आसलाग्दो, उही जेठाजु
अर्थात् “जसले केही सहयोग गर्ला भन्ने आस थियो, उसैसँग काम लिन नमिलेको अवस्था”
ओठ रङ्गाएर भोक लुकाउनु
अर्थात् “देखावटी सुधार”
ओस चाटेर तिर्खा मर्दैन
अर्थात् “सानो पुँजीले ठुलो आँट नगर्नु”
औंलो दिँदा डुडुलो निल्नु
अर्थात् “जति भए पनि नपुग्नू”
इन्द्रको अगाडि स्वर्गको कुरा
अर्थात् “जान्नेको अगाडि नजान्नेले फुईं लगाउनु”
उँटको टाउको भाँडोमा नअट्नु
अर्थात् “ठूलो कुरा सानो ठाउँमा अटाउन नसक्नु”
उपियाँ फट्क्यो जुम्राको घान
अर्थात् “एउटाले बिगार्छ अर्कालाई सजाय”
उखुको टुप्पोमा चिनी खोज्नु
अर्थात् “सजिलो ठाउँ छोडेर अनावश्यक जटिलता खोज्नु”
उल्फाको धन फुपूको श्राद्धे
अर्थात् “सित्तैको धनको मोह हुँदैन”
एउटा गीत अहिले गाऊँ कि भरे गाऊँ
अर्थात् “साधन कम आवश्यकता धेरै”
एउटा माघले जाडो जाँदैन
अर्थात् “फारो तिनो गर्नु”
एकचोटिको झिल्के घरिघरि मिल्के
अर्थात् “एकपटक पाएको ठाउँबाट बारम्बार चाहना राख्नु”
एक पन्थ दुई काज
अर्थात् “समय र श्रम बचाएर काम गर्नु वा एकै समयमा विविध काम गर्नु”
एक हातमा दियो, अर्काेमा पानी
अर्थात् “आफ्नै काम आफैँ बिगार्नु”
एक हातले ताली बज्दैन
अर्थात् “मद्दत आपसी (दुईतर्फी) हुनुपर्दछ”
एकोहोरो रोटी पाक्दैन
अर्थात् “एकतर्फी मात्र सहयोग हँुदैन”
ओठको हावा, कानको धुवाँ
अर्थात् “काम नलाग्ने कुरा मात्रै हुनु”
ओडारको स्याल, डाडुको बाघ
अर्थात् “आफ्नो ठाउँ वा सुरक्षित वातावरणमा मात्रै ठूलो र डरलाग्दो देखिने” अथवा “स्याल ओडारभित्र हुँदा साहसी देखिन्छ, तर बाहिर निस्कँदा डराउँछ । त्यसैगरी, डाडु (चुल्हो) नजिक हुँदा बाघजस्तै गर्जिने मान्छे बाहिर परेपछि कमजोर सावित हुन्छ । यो उखानले सुरक्षित ठाउँमा मात्र ठूलो देखिने तर वास्तविक परिस्थितिमा आत्मविश्वास गुमाउने स्वभावलाई देखाउँछ”
बी.एन. पुस्तक संसारद्वारा हालै प्रकाशित ईश्वरी प्रसाद नेपालको ‘नेपाली उखान-टुक्का तथा मुहावरा’बाट
