पोखरा, १८ साउन । थबाङ गाउँपालिका ३, मिरुल, रोल्पामा जन्मिएर लामो समयदेखि कवितामा साधना गरिरहेका कवि समीप बैरागीको ‘साहीमासा’ कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम कास्की पोखरामा हुने भएको छ ।
र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा हुन गइरहेको उक्त परिचरर्चा कार्यक्रम २०८३ साउन महिनाको अन्तिम सनिवार बिहान ८:०० बजे पोखरा न्युरोडमा रहेको हिमालय रिडर्स कर्नरको सभाहलमा हुने भएको छ । र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक प्राजुलीले दिनु भएको जानकारी अनुसार परिचर्चा कार्यक्रममा साहित्यकार विपिन आचार्यले साहीमासा कविता संग्रहमा आधारारित अवधारणापत्र प्रस्तुत गुर्नु हुनेछ भने कृति माथि वृहत् बहास पनि हुने भएको छ ।
यस अघि कवि समीप बैरागीका मगर खाम भाषा र खस् नेपाली भाषा गरी आधा दर्जन भन्दा बढी कृतिहरू बजारमा आएका छन् । पछिल्लो समय प्रकाशन भएको उनको कविता संग्रह साहीमासा नेपाली भाषाबाट एकल संग्रह हो । यस कविता संग्रहलाई रोल्पा कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको छ भने दोबिल्ला बुक्स प्रा.लि. काठमाडौंले वितरण गरेको छ ।

