हेर्दा पनि कस्ती कस्ती पूर्णिमाकी जूनजस्ती
आँखामा नि नबिझाउने सुन्दर कोमल फूलजस्ती
जताततै सुवास छर्ने फूल हौ कि उद्यानको
सधैँ मनमा सितल पार्ने सार हौ कि यो जानको ।
स्थिर भई नअडिने कर्कलाको पानी हौ कि
मनमा भने राज गर्ने स्वर्गलोककी परी हौ कि ।
हेर्दा पनि कस्ती कस्ती पूर्णिमाकी जूनजस्ती
आँखामा नि नबिझाउने सुन्दर कोमल फूलजस्ती
सारा संसार दुनियाँमा बयान तिम्रो गर्दा पनि
अवाक भई बस्थ्यौ तिमी मनको खाता खोल्दा पनि ।
जानैपर्छ एकदिन उम्की कस्को लागि ज्यान साँच्यौ
कति दिन बस्ने पो बस्ने गम्की जीवन खेर फाली बाँच्यौ ।
हेर्दा पनि कस्ती कस्ती पूर्णिमाकी जूनजस्ती
आँखामा नि नबिझाउने सुन्दर कोमल फूलजस्ती
फूल सबै काँ हुन्छ र शिरमा राख्दा सुहाउने
काँडा सबै काँ हुन्छ र मुटु धसी रुवाउने ।
मेरो ज्यानको प्रत्येक कोषमा बस्ती तिमी बसाइ सक्यौ
मेरो ज्यानको नसा नसामा रगत बनी रसाइसक्यौ ।
हेर्दा पनि कस्ती कस्ती पूर्णिमाकी जूनजस्ती
आँखामा नि नबिझाउने सुन्दर कोमल फूलजस्ती
०००
रुकुमपूर्व
