गुलाफ केही हैन बामरी केही हैन
हेर्नुस्, यी फूल, जून, परी केही हैन
गरिबी हो खास, बस्तीको बर्बादी
हो सब आँधी, हुरी, झरी केही हैन
त्यही रूप कसैलाई कुरूप लाग्छ
नजर हो सुन्दर, सुन्दरी केही हैन
बिहेको पनि बन्धन विश्वास नै हो
सिन्दुर चुरापोते तिलहरी केही हैन
मेरो जात मानव, मेरो धर्म मानवीय
हो, म योभन्दा नानाथरी केही हैन
०००
प्युठान
गजल : कृष्ण बुढा किङ
