गेथाती

कविता : पुतली

अनुभूति बुढामगर
२१ श्रावण २०८१, सोमबार

साना साना पुतली रङ्गीचङ्गी हुन्छन्
फूलबारीमा सधैँभरि यताउता गर्छन्
फूलमाथि खेल्छन्, पातमाथि नाच्छन्
जतातिर हावा लाग्छ उतैतिर उड्छन्

पुतलीले फूलहरूको मिठो रस चुस्छन्
पुतली त कहिलेकाहीँ आफैआफै लड्छन्
एउटा फूलबाट अर्को फूलमा जान्छन्
साना राम्रा पुतली हावासँगै चल्छन्
०००

अनुभूति बुढामगरको ‘सानो चिबेचरा’ बालकवितासङ्ग्रह (पृष्ठ : १६) बाट

TAGS: कविता नेपाली कविता